logo-image

बिहिबार, ३१ वैशाख २०८३

प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण)

बिहिबार, ३१ वैशाख २०८३ · राजनीति

प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौं, वैशाख ३१ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजका लागि तय गरिएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने विषय अझै अनिश्चित बनेको छ।

आगामी आर्थिक वर्ष २०२६/२७ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहे तापनि प्रधानमन्त्री कार्यालयले उनको उपस्थितिको आधिकारिक पुष्टि गरिसकेको छैन। यसअघि बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसद अवरुद्ध गरेपछि कुनै पनि कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको थियो।

आजको बैठकमा छलफललाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम पारित गरिने तयारी छ ।