बिहिबार, ३१ वैशाख २०८३
बिहिबार, ३१ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख ३१ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ३,०२,५०० रुपैयाँ पुगेको छ, बुधबार ३,०२,२०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ५,७४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५,७१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्यमा केही उतारचढाव देखिएको छ।