बिहिबार, ३१ वैशाख २०८३
बिहिबार, ३१ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख ३१ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई दिइएको छ । बैंकको बैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई बैंक सञ्चालन सम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
हालका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकम प्रा.लि. सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेकाले बैंकको दैनिक कार्यसम्पादनलाई निरन्तरता दिन ढकाललाई यो जिम्मेवारी सुम्पिएको बैंकले जानकारी दिएको छ । बैंकले यो निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्रमार्फत गराएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
४ घण्टा अगाडि