बिहिबार, ३१ वैशाख २०८३
बिहिबार, ३१ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ३१ । नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले संसदीय परम्परा मिच्दै नयाँ नजिर स्थापित गर्न खोजेको आरोप लगाउनुभएको छ ।
बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संसद बोलाएर पनि स्थगित गर्दै अध्यादेशमार्फत शासन चलाउन खोज्नु अन्तर्राष्ट्रिय संसदीय अभ्यासविपरित भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहको पहिरनको चर्चा गर्दै नयाँ परम्पराको थालनी गर्न खोजिएको हो कि ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार एकातिर पुरानो परम्परा तोढ्दै नयाँ जग बसाल्न उद्दत देखिन्छ । पुराना परम्परा र नजिरहरुलाई मिच्दै नयाँ परम्परा र नजिर स्थापित गर्ने दिशामा सरकार गएको देखिन्छ । बोलाइएको संसद स्थगित गरेर चाङ लगाएर अध्यादेश ल्याइएको छ । त्यो अन्तर्राष्ट्रिय परम्परा र संसदीय प्रणालीमा हामीले पनि केही नयाँ कार्यक्रम गर्नुपर्ने हो कि जस्तो लागेको छ । अहिलेसम्म गृह मन्त्रालय खाली छ । अहिले के देखिन्छ भने प्रधानमन्त्रीज्यूको अहिलेसम्मको इतिहास हेर्दा नेपालमा अहिलेसम्म नभएको ड्रेसअप’ म देख्दैछु । यसमा पनि चर्चा शुरु भएको छ । यसमा पनि नयाँ परम्पराको थालनि शुरु भएको हो कि । नेपालको इतिहासमा नयाँ आयाम थप्न खोजिएको हो कि ? संसदले बनाएको प्रधानमन्त्री संसदप्रयित उत्तरदायी हुनुपर्छ ।’
सांसद केसीले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
४ घण्टा अगाडि