आइतबार, ०३ जेठ २०८३
आइतबार, ०३ जेठ २०८३ · अर्थ
काठमाडौं, बेशाख ३ । बैंक तथा वित्त संस्थामा निक्षेप तथा कर्जाको ब्याज न्युन बिन्दुमा झरेको छ । न्युन बिन्दुमा ब्याजदर झर्दापनि कर्जा लिनेहरु भने छैनन् । ६ दशलमव सात सात प्रतिशतमा कर्जाको ब्याजजदर झर्दापनि ऋण जान सकेको छैन ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.७७
प्रतिशत, विकास बैंकहरूको ७.९६ प्रतिशत र वित्त कम्पनीहरूको ९.२६ प्रतिशत रहेको छ । जबकी २०८१ चैत मसान्तमा
वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.२२ प्रतिशत, विकास बैंकहरूको ९.५९ प्रतिशत र वित्त
कम्पनीहरूको १०.४० प्रतिशत रहेको थियो ।
बैंकहरुको आधारदर नै कम भएकाले कर्जाको ब्याजदर कम भएको हो । चैत मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.०६ प्रतिशत, विकास बैंकहरूको ७.३६
प्रतिशत र वित्त कम्पनीहरूको ७.४८ प्रतिशत रहेको छ । २०८१ चैत मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.२९ प्रतिशत, विकास बैंकहरूको ८.३४ प्रतिशत र वित्त कम्पनीहरूको ९.१७ प्रतिशत
रहेको थियो ।
निक्षेपको ब्याज घटेकाले बैंकहरुको आधार ब्याजदर घटेको हो । आधार ब्याजदर घटेकाले २०८२ चैत मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको
भारित औसत ब्याजदर ३.४० प्रतिशत, विकासबैंकहरूको ३.७७ प्रतिशत र वित्त कम्पनीहरूको ४.७४ प्रतिशत रहेको छ । २०८१ चैत मसान्तमा वाणिज्य बैंकहरूको
निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरूको ५.२२ प्रतिशत र वित्त कम्पनीहरूको ६.२४
प्रतिशत रहेको थियो ।