logo-image

बिहिबार, २२ असोज २०८३

कांग्रेस महाधिवेशन : पानीले सार्यो मतदान, १ बजेपछि मात्र भोट खस्ने

बिहिबार, २२ असोज २०८३ · राजनीति

कांग्रेस महाधिवेशन : पानीले सार्यो मतदान, १ बजेपछि मात्र भोट खस्ने

 

काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत २९७ सदस्यीय नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदानको समय निरन्तरको वर्षा र प्राविधिक कारणले फेरि सरेको छ।

यसअघि बिहान ७ बजेबाट तय गरी पछि १० बजे सारिएको मतदान अब दिउँसो १ बजेबाट मात्र सुरु हुने भएको छ। निर्वाचन समितिले बिहानैदेखि लाइन नबस्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेको छ भने निर्वाचन व्यवस्थापनलाई सहज बनाउन बिहान ११:३० बजे राष्ट्रिय सभागृहमा शीर्ष पदका उम्मेदवारहरूसँग बैठक बोलाएको छ।

कुल ७,२५५ प्रतिनिधिहरूका लागि बागमती प्रदेशको राष्ट्रिय सभा गृह (केन्द्र 'क') र अन्य प्रदेश, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाहरूका लागि खुलामञ्चभित्रका विभिन्न हलहरू (केन्द्र 'ख') मा मतदानको प्रबन्ध मिलाइएको छ। मतदाता परिचयपत्र रुजु गरेर मोबाइलजस्ता उपकरणविना मात्र प्रवेश दिइने व्यवस्था गरिएको छ भने साँझ मतदान सकिनासाथ लगत्तै मतगणना सुरु गरिनेछ।

ताजा समाचार