logo-image

बिहिबार, २२ असोज २०८३

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली, अध्यक्ष ओलीद्वारा गराइयो शपथ

बिहिबार, २२ असोज २०८३ · राजनीति

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली, अध्यक्ष ओलीद्वारा गराइयो शपथ

 

काठमाडौं, असोज २२ । नेकपा (एमाले) का  वरिष्ठ नेताको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त हुनुभएको छ ।

पार्टीको स्थायी कमिटी बैठकका क्रममा आज अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै उहाँ औपचारिक रूपमा जिम्मेवारीमा पुग्नुभएको हो । भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएको थियो । उहाँको कार्यकाल सकिएपछि  राजनीतिक वृत्तमा उहाँको आगामी भुमिकाबारे विभिन्न चर्चा हुँदै आएको थियो । अन्ततः एमालेको उच्च तहमा उहाँको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

ताजा समाचार