logo-image

बिहिबार, २२ असोज २०८३

दशैं–तिहार लक्षित भिभोको नयाँ अफर, स्मार्टफोन खरिदमा १० हजार रुपैयाँसम्मको नगद छुट र थाइल्यान्ड भ्रमणको मौका

बिहिबार, २२ असोज २०८३ · समसामयिक

दशैं–तिहार लक्षित भिभोको नयाँ अफर, स्मार्टफोन खरिदमा १० हजार रुपैयाँसम्मको नगद छुट र थाइल्यान्ड भ्रमणको मौका



काठमाडौं, असोज २२ । दशैं र तिहारको रौनक बढेसँगै भिभोले “भिभो फेस्टिभ सेयर“ नामक विशेष अभियान उत्सव सार्वजनिक गरेको छ । “तपाईंको सानो साथ, कसैको ठूलो चाड” भन्ने मूल अभिधारणा सहित सञ्चालन भइरहेको यस अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहारसहित १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन् । 

असोज १५ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले स्पिन एण्ड विनमा सहभागी हुन र विभिन्न आकर्षक उपहारहरुमा भिभो स्मार्टफोन, भिभो स्पिकर, भिभो नेकब्यान्ड, भिभो मग तथा एक वर्षसम्मको अतिरिक्त वारेन्टी प्राप्त गर्न सक्नेछन् । अभियानलाई अझ रोमाञ्चक बनाउन स्पिन एन्ड विनमा सहभागी हुने प्रत्येक योग्य ग्राहक बम्पर पुरस्कारका लागि पनि स्वतः योग्य हुनेछन्, जसअन्तर्गत दुई भाग्यमानी विजेताले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन् । 

अभियानको मुख्य आकर्षणका रूपमा १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर राखिएको छ, जसलाई ग्राहकले आफ्ना साथी, परिवारका सदस्य वा प्रियजनसँग साटासाट गर्न सक्नेछन् । एक जनाले प्राप्त गरेको लाभ अर्को व्यक्तिसम्म पु¥याउने अवधारणा अघि सार्दै कम्पनीले यसलाई अभियानको विशेषता भएको जनाएको छ । अभियानबारे बोल्दै भिभोका ब्रान्ड म्यानेजर दिपेश खनालले दशैं र तिहारको अवसरमा ग्राहकसँग जोडिन र चाडपर्वको खुसी बाँड्ने अवधारणालाई अभियानमार्फत अघि बढाइएको बताए । 

“दशैं र तिहार परिवार तथा प्रियजनसँग एकसाथ आउने र खुसी बाँड्ने समय हो । यसैले हामीले यसपटकको चाडपर्व अभियानलाई केवल अफरका रूपमा नभई आफूले पाएको लाभ अरूसँग पनि बाँड्न सकिने अवधारणासँग जोड्ने प्रयास गरेका छौँ । “तपाईंको सानो साथ, कसैको ठूलो चाड” ले एउटा सानो सहयोग वा साथले अर्को व्यक्तिको चाडलाई अझ विशेष बनाउन सक्छ भन्ने हाम्रो विश्वासलाई प्रतिनिधित्व गर्छ,” खनालले भने । 

भिभोका अनुसार ‘भिभो फेस्टिभ सेयर’ मार्फत चाडपर्वको समयमा ग्राहकलाई विभिन्न पुरस्कार र सुविधासँग जोड्दै आफ्ना प्रियजनसँग खुसी बाँड्ने अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

अभियान अवधिभर ग्राहकहरूले नजिकैको आधिकारिक भिभो स्टोर वा अधिकृत विक्रेताबाट भिभो स्मार्टफोन खरिद गरी स्पिन एण्ड विनमा सहभागी हुन सक्नेछन् । यससँगै ग्राहकले १० हजार रुपैयाँसम्मको क्यास डिस्काउन्ट भाउचर तथा थाइल्यान्ड भ्रमणलगायतका पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । 

  

ताजा समाचार