logo-image

आइतबार, २७ वैशाख २०८३

ठूला व्यवसायी पक्राउ पर्दा सेयरबजारमा नकारात्मक असर, घट्यो कारोबार

आइतबार, २७ वैशाख २०८३ · अर्थ

ठूला व्यवसायी पक्राउ पर्दा सेयरबजारमा नकारात्मक असर, घट्यो कारोबार

काठमाडौं, बैशाख २७ । ठूला व्यवसायीहरु पक्राउ पर्दा त्यसको सिधा असर सेयरबजारमा  परेको छ ।  रास्वपा सरकार गठन हुँदा दैनिक १५ अर्ब हाराहारी कारोबार हुने गरेको सेयरबजारमा अहिले दुईदेखि तीन अर्बमा सिमित भएको छ। 
सेयरबजारका केहि ठूला व्यवसायी  छानबिनमा तानिएपछि लगानीकर्ता सेयरमा लगानी बढाउन हिचकिचाएको र त्यसले कारोबार घटाएको हो । गत चैत ११ गते सेयरबजारमा १४ अर्ब ७९ करोडको कारोबार भएको थियो । त्यसपछि बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको केहि दिन कारोबार रकम यहि आसपासमा भयो । तर  चैत २१ गते ६ अर्बम झरेको कारोबार केहि दिन आठ देखि ९ अर्बको आसपासमा भयो । बैशाख ४ गते ७ अर्ब भएपछि त्यसपछि घट्दै गएको कारोबार हिजो अर्थात बिहिबारसम्म आउँदा दुई अर्बमा झरेको छ । बिहिबार ३ अर्ब २८ करोडको कारोबार भएपनि यो अत्यन्त न्युन कारोबार भएको ब्रोकरहरु बताउँछन् । 
सेयरबजारमा गलत तरिकाले कारोबार गरेको आरोपमा दिपक भट््ट तथा सुलभ अग्रवाल पक्राउ परेका छन् । त्यति मात्रै नभई सेयरबजारमा भएको लगानीको बिषयलाई लिएर केहि समय अघि गृहमन्त्री सुदन गुरुङले समेत राजीनामा दिनु प¥यो । जसका कारण पनि सेयबजारमा नकारात्मक असर परेको छ । 
एक ब्रोकर भन्छन् ‘ थप सेयर खरिद गर्दा आफुपनि कतैबाट तानिने हो कि भन्ने  लगानीकर्तामा भय देखिन्छ । जसका कारण लगानीकर्ता अहिले लगानी नगरि बस्ने सोचमा पुगेको देखिन्छ । ‘
ठूला लगानीकर्ता पर्ख र हेरमा बस्दा बजार घटेको र त्यसले साना लगानीकर्ता पनि लगानी नबढाइ बसेका छन् ।  साथै यसअघिनै धितोपत्र कारोबार सञ्चालन सम्वन्धि बिनियमावलीमा २५ रकम लिएर मात्रै सेयर खरिद गर्ने आदेश लिनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न भनेपछि पनि यसले बजारमा कारोबार घटाएको छ । 
सरकारले  सेयरमा गरेको लगानीको स्रोत खोज्न लागेपछि पनि त्यसले लगानीकर्तामा त्रास फैलाएको छ ।