बिहिबार, ०३ वैशाख २०८३
आइतबार, ०१ चैत २०८२ · राजनीति
काठमाडौँ चैत १
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बिहान १० बजे बस्दै छ। शनिबारको लागि तय भएको बैठक पार्टी सभापति रवि लामिछानेको अस्वस्थताका कारण आइतबार बिहान १० बजेलाई सारिएको हो। बैठकले पार्टीको तर्फबाट समानुपातिक सांसदको नाम टुङ्गो लगाउने छ। बैठक पार्टी कार्यालय वनस्थली स्थित घन्टी घरमा बस्ने छ। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको ५७ सिट छ। निर्वाचन आयोगमा समानुपातिक सांसदको नामावली बुझाउने आज अन्तिम दिन हो।