logo-image

आइतबार, १३ मंसिर २०८३

दैलेखको ग्यास खानीमा रविको चासो, उत्पादन प्रक्रिया अघि बढाउने प्रतिबद्धता

आइतबार, १३ मंसिर २०८३ · राजनीति

दैलेखको ग्यास खानीमा रविको चासो, उत्पादन प्रक्रिया अघि बढाउने प्रतिबद्धता

 

काठमाडौं, मंसिर १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित मिथेन ग्यास उत्खनन तथा उत्पादनलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन्।

शनिबार ड्रिलिङ स्थलको निरीक्षण गर्दै उनले ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा भए पनि एक वर्षदेखि परीक्षणको काम रोकिएकोप्रति चिन्ता व्यक्त गरे। परीक्षण रोकिँदा करोडौँका उपकरणमा खिया लाग्न थालेको भन्दै उनले रोकिएको वेल टेस्ट पुनः सञ्चालन गरी व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाए।

प्रयोगशाला परीक्षणअनुसार उक्त क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर मिथेन ग्यास रहेको अनुमान गरिएको छ, जसले नेपालको माग ५० देखि ६० वर्षसम्म धान्न सक्ने बताइएको छ।