logo-image

बुधबार, ३१ असार २०८३

फोनपेद्धारा ‘सक्षम नारी’ को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक

सोमबार, १८ फागुन २०८२ · अर्थ

फोनपेद्धारा ‘सक्षम नारी’ को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक

काठमाडौं, फागुन १८
फोनपेले आफ्नो वार्षिक अभियान ‘सक्षम नारी’ को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको छ । डिजिटल वित्तीय समावेशीकरणमार्फत महिलामा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो राष्ट्रव्यापी अभियान सन् २०२६ मार्च १ देखि मार्च ३१ सम्म सञ्चालन हुनेछ ।
यस अभियानले महिलालाई केवल वित्तीय पहुँचमा सीमित नराखी ती उपकरणहरूलाई आत्मविश्वासका साथ प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ । नेपालमा आज पहिलेभन्दा धेरै महिलाले वित्तीय सेवामा पहुँच पाएका छन् । तर पहुँच मात्रले सशक्तीकरण सुनिश्चित गर्दैन । फोनपेको अनुभव अनुसार वास्तविक अन्तर उपलब्धतामा होइन, विश्वास, समझदारी र प्रयोगमा रहेको छ । सक्षम नारी अभियान यही अन्तरलाई सम्बोधन गर्दै क्रेडिटप्रति रहेको धारणा परिवर्तन गर्न र जिम्मेवार वित्तीय निर्णयलाई प्रोत्साहन गर्न केन्द्रित छ । यस वर्षको अभियानले ‘क्रेडिट डराउने विषय हो’ भन्ने लामो समयदेखिको सोचलाई चुनौती दिएको छ ।
फोनपेले क्रेडिट कार्डलाई अब वृद्धि, लगानी र दैनिक जीवनशैलीलाई सहज बनाउने साधनका रूपमा पुनःस्थापित गरेको बताइएको छ । अभियानको केन्द्रमा पूर्ण रूपमा भर्चुअल फोनपे क्रेडिट कार्ड रहेको छ, जुन सहभागी बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा सक्रिय गर्न सकिन्छ र भौतिक कार्ड बिना नै सुरक्षित रूपमा कारोबार गर्न सकिन्छ । अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘साँचो वित्तीय समावेशीकरण भनेको मानिसलाई केवल सेवा उपलब्ध गराउनु मात्र होइन। ती सेवा प्रयोग गरेर आफ्नो जीवन सुधार्न सक्ने आत्मविश्वास दिनु हो। सक्षम नारीमार्फत हामी महिलालाई हिच्किचाहटबाट आत्मविश्वासतर्फ, डरबाट आर्थिक स्वतन्त्रतातर्फ अघि बढ्न सहयोग गरिरहेका छौँ । ’ यो अभियान सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, कुमारी बैंक, एभरेष्ट बैंक र गरिमा विकास बैंकसँगको सहकार्यमा सञ्चालन भइरहेको छ । सहभागी बैंकका योग्य महिला ग्राहकहरूले आफ्नो फोनपे क्रेडिट कार्ड सक्रिय गरी अभियान अवधिभित्र न्यूनतम तीन वटा कारोबार पूरा गरेर सहभागिता जनाउन सक्नेछन् ।
यो पहल नयाँ तथा विद्यमान दुवै प्रयोगकर्ताका लागि खुला छ, जसमा पहिलोपटक प्रयोग सुरु गर्नेहरूलाई विशेष रूपमा प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ । अभियानअन्तर्गत फोनपेले साजुना ज्वेलर्ससँग सहकार्य गर्दै आकर्षक उपहारहरू घोषणा गरेको छ। प्रत्येक सहभागी बैंकबाट पाँच जना भाग्यशाली विजेताले विशेष डायमण्ड गहना सेट प्राप्त गर्नेछन्। यो मुख्य उपहार अभियान अवधिमा पहिलोपटक फोनपे क्रेडिट कार्ड सक्रिय गर्ने नयाँ प्रयोगकर्ताहरूका लागि मात्र हुनेछ । साथै, प्रत्येक बैंकबाट ५० जना भाग्यशाली विजेताले पाँच हजार रूपैयाँ बराबरको छुट भौचर प्राप्त गर्नेछन् । 
सहभागिता मापदण्ड पूरा गर्ने नयाँ तथा पुराना दुवै प्रयोगकर्ता यस पुरस्कारका लागि योग्य हुनेछन् । सक्षम नारी २०२६ मार्फत फोनपेले वित्तीय पहुँच मात्र नभई वित्तीय आत्मविश्वास निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई पुनःदोहो¥याएको छ । यस अभियानले देशभरका महिलालाई स्पष्टता, नियन्त्रण र आत्मनिर्भर निर्णयमार्फत आफ्नो वित्तीय भविष्य स्वयं निर्माण गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।