logo-image

शुक्रबार, ०४ वैशाख २०८३

चितवन-२ मा रवि लामिछाने विजयी: निकटतम प्रतिस्पर्धीभन्दा झण्डै ४० हजार मतले अगाडि

शनिबार, २३ फागुन २०८२ · राजनीति

चितवन-२ मा रवि लामिछाने विजयी:  निकटतम प्रतिस्पर्धीभन्दा झण्डै ४० हजार मतले अगाडि

चितवन, फागुन २३ । चितवन निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछाने भारी मतान्तरसहित पुनः निर्वाचित भएका छन् । 

अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै पछाडि  पारेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् भने नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९४२ र नेकपाका प्रताप गुरूङले ४ हजार ९६९ मतमा चित्त बुझाएका छन् ।

 निर्वाचन कार्यालयले विजयको औपचारिक घोषणा गर्न बाँकी रहे तापनि प्राप्त मतको संख्याले लामिछानेको जित सुनिश्चित गरिसकेको छ।