शुक्रबार, ०४ वैशाख २०८३
सोमबार, २५ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २५
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार गुरुङले २९ हजार आठ सय ९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार तीन सय ९८ मत ल्याएका छन् ।
यसैगरी नेकपाका हरिराज अधिकारीले ११ हजार एक सय २४ मत प्राप्त गरेका छन् भने एमालेका रामचन्द्र लामिछानेको मत तीन हजार सात सय ३२ मत मात्र प्राप्त गरेका छन् ।