logo-image

बिहिबार, ०३ वैशाख २०८३

कांग्रेसको बैठक सानेपामा जारी: समानुपातिक सांसदको नामावली टुङ्ग्याउने मुख्य एजेन्डा

आइतबार, ०१ चैत २०८२ · राजनीति

कांग्रेसको बैठक सानेपामा जारी: समानुपातिक सांसदको नामावली टुङ्ग्याउने मुख्य एजेन्डा

काठमाडौं, चैत्र १ । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

दिउँसो १ बजेका लागि तय गरिएको बैठक खराब मौसमका कारण एक घण्टा ढिला गरी सुरु भएको हो। बैठकको मुख्य उद्देश्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पार्टीले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा सांसदहरूको अन्तिम नामावली छनोट गरी निर्वाचन आयोगमा पठाउनु रहेको छ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जितेको छ। आजको बैठकले मुख्य रूपमा समानुपातिक सदस्यहरूको नाम टुङ्गो लगाउनेछ। अन्य विषयमा भने सामान्य छलफल मात्र हुनेछ। बैठकमा पार्टीको आगामी महाधिवेशन र भावी राजनीतिक मार्गचित्रबारे पनि प्रारम्भिक छलफल हुने बताइएको छ।

यसै साताभित्र केन्द्रीय समितिको पूर्ण बैठक बस्ने तयारी समेत भइरहेको छ।