बिहिबार, ३२ असार २०८३
मङ्गलबार, १७ चैत २०८२ · अर्थ
काठमाडौं, चैत १७ । आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरो, युके पाउण्ड, स्वीस फ्रयांक र अष्ट्रेलियन डलरको भनृ घटेको छ । मंगबालरका लािग डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा कायम गरिएको छ।
सोमबार भने अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा कायम गरिएको थियो ।
मंगलबार युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा छ । सोमबार युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा तोकिएको थियो ।
त्यसैगरि मंगलबारका लागि युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा छ । साथै स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९० रुपैयाँ २३ पैसा कायम गरिएको छ ।
सोमबार अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा तोकिएकोमा मंगलबार अष्ट्रेलियन डलरको मूल्य घटेर खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा कायम छ ।