आइतबार, १३ मंसिर २०८३
बुधबार, ०९ मंसिर २०८३ · अर्थ
काठमाडौं, मंसिर १० । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य २ हजार ६३६ रुपैयाँ कायम भएको छ ।