बिहिबार, ३२ असार २०८३
सोमबार, १६ चैत २०८२ · अर्थ
काठमाडौं,चैत १६ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि गोलभेँडा ठूलो भारतीय प्रतिकिलो ७५ र गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० तोेकेको छ ।
त्यसैगरि गोलभेँडा सानो भारतीय प्रतिकिलो ३५, गोलभेँडा सानो तराई प्रतिकिलो ४०, तोकिएको छ ।
यसैगरि आलु रातो प्रतिकिलो २०, आलु रातो भारतीय प्रतिकिलो २२ र प्याज सुकेको भारतीय प्रतिकिलो ३६ रुपैयाँ तोकिएको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ३५, गाजर तराई प्रतिकिलो २५, बन्दा लोकल प्रतिकिलो ३०, बन्दा (नरिबल) प्रतिकिलो २५ तोकिएको छ । काउली स्थानीय प्रतिकिलो ६५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८०, काउली तराई प्रतिकिलो ५०, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ७० कायम गरिएको छ ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो ८०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, घिउ सिमी (राजमा) प्रतिकिलो १ सय , टाटे सिमी प्रतिकिलो ७५, तिते करेला प्रतिकिलो १५०, लौका प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो १ सय, घिरौँला प्रतिकिलो ९०,फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ५० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो ११० तोरीसाग प्रतिकिलो ७), मेथी प्रतिकिलो ११०, हरियो प्याज प्रतिकिलो १३०, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, राजा च्याउ प्रतिकेजी ३ सय र सिताके च्याउ प्रतिकेजी १ हजार निर्धारण गरिएको छ ।कुरिलो प्रतिकिलो ५ सय , निगुरो प्रतिकिलो ८० र ब्रोकाउली प्रतिकिलो ८० तोकिएको छ ।