शुक्रबार, २३ असोज २०८३
शुक्रबार, २३ असोज २०८३ · समसामयिक
पोखरा, असोज २३ । पोखरा महानगरपालिका–२८, माझठानास्थित ओख्लेभीरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस विद्यार्थीलाई अतिरिक्त कक्षा (ट्युसन) का लागि लिएर आउँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा कक्षा ९ र १० मा अध्ययनरत चार विद्यार्थी र एक स्थानीय बासिन्दाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।
घाइते २० जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा लगिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। बस कसरी अनियन्त्रित भएर सडकबाट तल खस्यो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाको यकिन कारण खुल्न बाँकी छ।
२ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
२१ मिनेट अगाडि