logo-image

बिहिबार, ३२ असार २०८३

सन्दीप लामिछानेको विश्व कीर्तिमान: मिचेल स्टार्कलाई पछि पार्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा

सोमबार, ०४ जेठ २०८३ · खेलकुद

सन्दीप लामिछानेको विश्व कीर्तिमान: मिचेल स्टार्कलाई पछि पार्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा

काठमाडौं, जेठ ४ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग-स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय  क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा ३ विकेट लिँदै सन्दीपले यो ऐतिहासिक सफलता हात पारेका हुन्। उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको कीर्तिमान भंग गरेका छन्।

सन्दीपले मात्र ७३ एकदिवसीय खेलमा १५० विकेटको आँकडा पूरा गरेका हुन्। यसअघि यो कीर्तिमान बनाएका अस्ट्रेलियाका स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए।

आजको खेलमा सन्दीपले स्कटल्याण्डका ब्याटरहरू जर्ज मुन्से, ब्रान्डन म्याकमलेन र म्याथ्यु क्रसको विकेट लिँदै यो दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए।

ताजा समाचार