बिहिबार, ०१ असोज २०८३
बिहिबार, ०१ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज १ । भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलबिनायकस्थित सोही नगरपालिका–२ ब्यासी बस्ने २६ वर्षीय सुशिल बासीले संचालन गरेको चिया पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सुशिल समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।