logo-image

बिहिबार, ३२ असार २०८३

द्वन्दले बढायो रासायनिक मलको मूल्य, तरकारी लगायत कृषि बस्तुको मूल्य बढ्ने जोखिम

सोमबार, ०९ चैत २०८२ · अर्थ

द्वन्दले बढायो रासायनिक मलको मूल्य, तरकारी लगायत कृषि बस्तुको मूल्य बढ्ने जोखिम

काठमाडौं, चैत ९ । मध्यपूर्वमा फैलिएको द्वन्दको असर नेपालको कृषि क्षेत्रमा समेत देखिने भएको छ। कृषि क्षेत्रमा प्रयोग हुँने रासायनिक मलको आयात मात्रै प्रभावित हुने हैन यसको मूल्य समेत बढेको छ ।

अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा दुई सातामै ३० प्रतिशतले वृद्धि भएर प्रतिटन ७ सय ५० डलरसम्म पुगेको छ। इन्धनसँगै होर्मुज जलमार्ग भएर आउने रासायनिक मलको आयात पनि अवरुद्ध हुँदा एसियाली मुलुककै खाद्य उत्पादन प्रभावित हुने बिज्ञ बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा दुई सातामै ३० प्रतिशतले वृद्धि भएर युरिया प्रतिटन ६ सय ५० र डीएपी ७ सय ७५ डलरसम्म पुगेको छ । नेपालमा वार्षिक ६ देखि ७ लाख टन मलको माग हुने गरेको छ । अहिले कृषि सामग्री कम्पनी तथा साल्ट टेडिङ कर्पोरेशन सँग १ लाख ६० हजार टन डिएपी र युरिया मौज्दात रहेको छ ।

 अहिले भएको मौज्दातले असारसम्म धाने पनि अब साउनपछि हुने मलको माग भने कसरी गर्ने भनेर सरकारी अधिकारीहरु बिच छलफल भएको छ । युद्धका कारण इन्धनसँगै होर्मुज जलमार्ग भएर आउने रासायनिक मलको आयात पनि प्रभावित भएको छ । यो अवरोधले दक्षिण एशियाली मुलुकको हिउँदे तथा वर्षे बाली प्रभावित हुने जोखिम छ ।

यसरी मल आयात महंगो सँगै प्रभावित हुदा कृषिजन्य बस्तु उत्पादनको लागत बृद्धि हुने देखिन्छ । साथै हर्मुजमा भएको अवरोधले रासायनिक मलको उपलब्धतामा समेत प्रभाव पर्ने देखिन्छ।