logo-image

बुधबार, ०२ मंसिर २०८३

पूर्वआईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

बुधबार, ०२ मंसिर २०८३ · समसामयिक

पूर्वआईजीपी  दानबहादुर  कार्कीले दायर गरेको रिटमा आज सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

 

काठमाडौं, मंसिर २ । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त रिटको सुनुवाइ हुँदैछ।

गत कात्तिक २० गते दर्ता भएको रिटमा छठ बिदाका कारण कात्तिक ३० को सुनुवाइ सरेपछि आजका लागि पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

सरकारले कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै एआईजी डा. मनोज केसीलाई आईजीपीमा बढुवा गरेको थियो । प्रहरी ऐन र नियमावली विपरीत गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै कार्कीले आफ्नो पुनर्बहाली र नवनियुक्त आईजीपी केसीलाई कामकाजमा रोक लगाउने अन्तरिम आदेशको माग गरेका छन् ।