बुधबार, ०२ मंसिर २०८३
बुधबार, ०२ मंसिर २०८३ · समसामयिक
झापा, मंसिर २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र झापा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य निशा डाँगी वैवाहिक बन्धनमा बाँधिने भएका छन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले यही मंसिर १० गते विवाहमा परिणत गर्न लागेका हुन्।
२०७९ मा समानुपातिक सांसद बनेकी नेतृ डाँगीले पछिल्लो निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष जित हासिल गर्दै आफ्नो बलियो राजनीतिक छवि बनाएकी छिन्। राजनीतिक सहयात्राबाट सुरु भएको उनीहरूको सम्बन्ध अब जीवनको नयाँ अध्यायमा प्रवेश गर्न लागेको छ।
भक्तपुरको छालिङमा करेन्ट सर्ट भई घरमा आगलागी
४ घण्टा अगाडि