मङ्गलबार, ०१ मंसिर २०८३
मङ्गलबार, ०१ मंसिर २०८३ · समसामयिक
काठमाडौं, मंसिर १ । महोत्तरीको बर्दिबास नगरपालिका–३ बिष्ट टोलस्थित सडकमा बर्दिबास बजारबाट पाटुतर्फ जाँदै गरेको बा.प्र.३–००१ च ०९३४ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ८० वर्षीया दिव्या कुमारी बिष्टको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार पिकअप गाडी चालकको खोजी गरिरहेको छ ।
बाराको निजगढ नगरपालिका–११ बम्जन टोलस्थित सडकमा रतनपुरदेखि कोहल्वीतर्फ जाँदै गरेको म.प्र.०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोहल्वी नगरपालिका–७ दोधर्पा बस्ने २४ वर्षीय राहुल सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डक अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ तिनकुनास्थित सडकमा सिन्धुलीबाट चितवनतर्फ जाँदै गरेको बा.१८ च ७७४१ नम्बरको कार सोमबार दिउँसो दुर्घटना हुँदा कारमा सवार चितवन रत्ननगर नगरपालिका–३ टाँडी बस्ने ४४ वर्षीया निशम रिजालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका–९ सुकेखोलास्थित सडकमा बागमती प्रदेश०२–०६४ प ०७९५ नम्बरको मोटरसाइकल र बा.५ ख ६९९८ नम्बरको हायस सोमबार दिउँसो एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सप्तरी सुरूङ्गा नगरपालिका–७ बस्ने २० वर्षीय अभिशेक चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हायस चालकलाई नियन्त्रणमा लिएको छ ।
रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित सडकमा झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको म.प्र.०३–०४२ प १४२९ नम्बरको स्कुटर सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार गुजरा नगरपालिका–७ बस्ने २५ वर्षीय सुनिल हजरा र भारत जमुआ टोल घर भएका १८ वर्षीय अनिकेत पसवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार मध्ये अन्य १ जनाको सोही अस्पताल र अन्य १ जनाको एनएमसि नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।