बुधबार, ०२ मंसिर २०८३
बुधबार, ०२ मंसिर २०८३ · समसामयिक
भक्तपुर, मंसिर २ । चाँगुनारायण नगरपालिका–५, छालिङस्थित दथेपुथे टोलमा आज बिहान आगलागी भएको छ ।
स्थानीय दिनेश दथेपुथेको पुरानो घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । आगो लागेलगत्तै स्थानीयवासीले प्रहरी र दमकललाई खबर गर्नुका साथै आफैं पानी हालेर आगो निभाउने प्रयास गरेका थिए ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।