मङ्गलबार, २३ भदौ २०८३
मङ्गलबार, २३ भदौ २०८३ · समसामयिक
अबुधाबी, भदौ २३ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिकहरूको सम्मान तथा शोकमा नेपाली राजदूतावास, अबुधाबीले दीप प्रज्वलन तथा शोकसभा आयोजना गरेको छ।
नेपाली राजदूतावास अबुधाबीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको चिरशान्तिको कामना गर्दै कार्यक्रममा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा उपस्थित सहभागीहरूले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।
शोकसभालाई सम्बोधन गर्दै महामहिम राजदूत तेजबहादुर क्षेत्रीले विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालमा भइरहेको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले नेपाल सरकारले उपलब्ध गराएको राहत सहयोगको प्रशंसा गर्दै सरकारको तर्फबाट नेपाली जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। साथै, यूएईमा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्था र शुभेच्छुकहरूले देखाएको सहयोग र मानवीय भावनाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा यूएईमा रहेका नेपाली एसोसिएसन एनआरएनए, एनसीसी, गैरआवासीय नेपाली संघ, नेपाली संघ–संस्था तथा नेपाली समाजका प्रतिनिधिहरू लगायत विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
दूतावासका अनुसार कार्यक्रममा राजदूतावास परिवारसहित करिब ७५ जनाभन्दा बढीको उपस्थिति रहेको थियो।
नेपाली राजदूतावास, अबुधाबीले विपद्का पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनामा एकजुट भएर सहयोग गर्न सबैमा आग्रह गरेको छ।
भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग
२ घण्टा अगाडि
बाढीपीडितका लागि संगीतसँगै जुट्यो चार लाखभन्दा बढी सहयोग
२ घण्टा अगाडि