logo-image

मङ्गलबार, २३ भदौ २०८३

भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

मङ्गलबार, २३ भदौ २०८३ · समसामयिक

भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग


काठमाडौं, भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । 

कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन् । कर्मचारीहरूको तर्फबाट संकलित कुल रु. ३ लाख ११ हजार २२२ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

उक्त रकम एभरेस्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो । प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले आफ्नो तलबबाट उक्त रकम योगदान गरेका हुन् । 

मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ । कर्मचारीहरूको यस योगदानले बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा केही सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।