बिहिबार, ३२ असार २०८३
शुक्रबार, १३ चैत २०८२ · अर्थ
काठमाडौं, चैत १३ । मध्यपूर्वमा फैलिएको तनावका कारण मुलुकमा आउने रेमिट्यान्स प्रभावित हुने जोखिम बढेको छ । मध्यपूर्वमा कामगर्ने नेपाली कामदारहरु केहि बिदामा आउन थालेका छन् । पानीजहाजमा काम गर्ने जस्ता कामदारहरु नेपालमा बिदामा पठाइरहेको छ । यसरी कामदारहरु नेपालमा फर्किदा अब रेमिट्यान्स घट्ने जोखिम बढेको छ।
नेपालको विदेशी मुद्राको मूख्य स्रोत भनेको रेमिट्यान्स हो । निर्यात र पर्यटन आय कमजोर रहेकाले रेमिट्यान्स घट्ने बित्तिकै त्यसको प्रभाव विदेशी मुद्रामा पर्छ । आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ७.५ प्रतिशतले बढेको थियो । २०८२ माघ महिनामा रेमिट्यान्स १ खर्ब ९८ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड रहेको थियो ।
यसरी रेमिट्यान्स बढेका कारण विदेशी मुद्रा सञ्चिती बढिरहेको छ । तर अब रेमिट्यान्स प्रभावित भएपछि आगामी दिनमा यो सञ्चिती घट्ने जोखिम छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई २०८२ माघ मसान्तमा ३३ खर्ब २ अर्ब ६६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ ।
यसरी सहज रुपमा बृद्धि भएको सञ्चिती आगामी दिनमा घट्ने जोखिम भएपछि यसले पार्ने प्रभाव नेपाल राष्ट्र बैक चिन्तीत हो । केन्द्रिय बैंकको प्रमुख कार्य विदेशी मुद्र्राको सञ्चिती सन्तुलनमा राख्ने र महंगी नियन्त्रणमा राख्ने हो । प्रमुख कार्य नै प्रभावित हुने हो कि भन्ने उच्च तहका सबैमा चिन्ता देखिन्छ।
विदेशी मुद्रा सञ्चिती घट्यो भने आयातमा कमि ल्याउन राष्ट्र बैंकले विभिन्न प्रयासहरु गर्नुपर्छ । यसरी राष्ट्र बैंंकले आयात प्रभावित गर्न खोजेसँगै त्यसले समग्र आर्थिक गतिबिधी नै प्रभावित गर्छ ।
यसअघि राष्ट्र बैंकले नगद मार्जिन सम्वन्धि व्यवस्था ल्याउँदा पुरै अर्थतन्त्र शिथिल मात्रै हैन अर्थतन्त्र बिस्तारमै बाधा पुगेको थियो । अर्थतन्त्र शिथिल बनाएको राष्ट्र बैंकको नेतृत्वले आरोप समेत खेप्नुपरेको थियो । त्यहि आरोप फेरी अहिलेको नेतृत्वले खेप्नुपर्ने हो कि भन्ने भय देखिन्छ।