मङ्गलबार, २० असोज २०८३
मङ्गलबार, २० असोज २०८३ · समसामयिक
काठमाडौं, असोज २० । नेपालमा आधुनिक कृषि प्रविधि विस्तार गर्दै आएको जी–सेभेन एग्रिकल्चर प्रालि ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६’ को प्लेटिनम प्रायोजक बनेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ लगायतका निकायको सहकार्यमा आयोजना हुन लागेको यस प्रदर्शनीमा जी–सेभेनले मुख्य प्रायोजकको रूपमा सहकार्य गर्ने भएको हो ।
विशेष गरी थोपा सिँचाइ, स्प्रिंकलर सिँचाइ र आधुनिक ग्रीनहाउस प्रविधिमा अग्रणी तथा विशिष्ट पहिचान बनाएको कम्पनीका रूपमा जी–सेभेन एग्रिकल्चर परिचित छ । इजरायलमा ७ वर्षभन्दा बढी समय कृषि क्षेत्रको प्रत्यक्ष अनुभव हासिल गरी सन् २०११ मा नेपाल फर्किएका अर्जुन प्रसाद लुइँटेलसहितको टोलीले यो कम्पनी स्थापना गरेको हो । कम्पनीले ललितपुरको हरिसिद्धीस्थित आफ्नै फेब्रिकेसनमार्फत आधुनिक ग्रीनहाउस निर्माण तथा उत्पादन गर्दै आएको छ ।
कृषिमा यन्त्र र प्रविधि: कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रदर्शनी आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २०–२२, २०२६) काठमाडौंको भृकुटीमण्डपमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । हाल नेपालका ६५ भन्दा बढी जिल्लामा प्रविधिको पहुँच पु¥याएको जी–सेभेनमा ६० जना भन्दा बढी दक्ष प्राविधिक तथा विशेषज्ञहरू कार्यरत छन् भने देशभर ६० भन्दा बढी डिलर तथा सेवा साझेदारहरूमार्फत किसानलाई प्रत्यक्ष सेवा प्रदान भइरहेको छ ।
किराना पसलबाट १० लाख चोरीको आरोपमा काठमाडौंमा एकजना पक्राउ
१८ मिनेट अगाडि
‘नागरिक स्पेस’ को खोजी’– अहिले ? ...कहिले ?
२ घण्टा अगाडि