काठमाडौं, असोज २० । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सर्लाही लालबन्दी नगरपालिका-१४ घर भएका ३७ वर्षीय हिरालाल ब्लोनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही लालबन्दी नगरपालिका-७ स्थित किराना पसलबाट गत भदौ ३ गते नगद १० लाख रूपैयाँ चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।