logo-image

बुधबार, ३१ असार २०८३

नयाँ पदाधिकारी चयनका लागि उद्योग बाणिज्य महासंघमा आज निर्वाचन, अन्जन स्वत अध्यक्ष

मङ्गलबार, २२ वैशाख २०८३ · अर्थ

नयाँ पदाधिकारी चयनका लागि उद्योग बाणिज्य महासंघमा आज निर्वाचन, अन्जन स्वत अध्यक्ष

काठमाडौं, बैशाख २२। नयाँ कार्यसमिति चयनका लागि नेपाल उद्योग बाणिज्य महासंघमा आज निर्वाचन हुँदैछ। सोमबारदेखि सुरू भएको साधारण सभाले आज नयाँ नेतृत्व चयन गर्न लागेको हो । 
अहिलेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन्  भने त्यो बाहेकका पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो । 
महासंघको ७३ पदका लागि निर्वाचन हुदैछ । जसका लागि १ सय ३७ जनाले उम्मेदवारी दिएका छन् । चार उपाध्यक्ष र बाँकी सदस्य पदमा निर्वाचन हुनेछ । जसमध्ये जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष हुनेछन् भने बाँकी सदस्यमा निर्वाचन हुनेछ ।यो निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्ने बताइएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुदैछ । निर्वाचनको समय मंगलबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । 
एसोसिएसटतर्फ १ हजार ८ सय ५०, जिल्ला नगरतर्फ १ सय २९, वस्तुगत संघमा १ सय ७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता छन् ।