logo-image

मङ्गलबार, ०१ मंसिर २०८३

क्षति र चुनौतीबीच पनि कर तिर्नेमा भाटभटेनी फेरि नम्बर एक

मङ्गलबार, ०१ मंसिर २०८३ · अर्थ

क्षति र चुनौतीबीच पनि कर तिर्नेमा भाटभटेनी फेरि नम्बर एक

काठमाडौं, मंसिर १ । वस्तु व्यापारतर्फ सर्वाधिक कर तिर्ने करदाताका रूपमा भाटभटेनी सुपर मार्केट पुनः सम्मानित भएको छ।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ पत्नीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो।

गत वर्षको जेनजी प्रदर्शनका क्रममा दर्जनौँ स्टोरमा आगजनी र लुटपाट हुँदा ठूलो क्षति व्यहोरेको भाटभटेनीले असहज परिस्थितिका बाबजुद क्षतिग्रस्त अधिकांश स्टोरहरू पुनः सञ्चालनमा ल्याएको छ। संकटलाई चिर्दै कम्पनीले यस वर्ष पनि राज्यको ढुकुटीमा १ अर्बभन्दा बढी भ्याट र आयकर बुझाएर देशकै उत्कृष्ट करदाताको रूपमा आफ्नो साख जोगाएको छ।