logo-image

मङ्गलबार, ०१ मंसिर २०८३

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा १ हजार ९०० रुपैयाँ सस्तो

मङ्गलबार, ०१ मंसिर २०८३ · अर्थ

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा १ हजार ९०० रुपैयाँ सस्तो

 

काठमाडौं, मंसिर १ ।  नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ।

मंगलबार सुनको भाउ प्रतितोला १ हजार ९०० रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ।

तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य पछिल्लो गिरावटसँगै १७ हजार १०० रुपैयाँले सस्तिएको छ।