logo-image

शनिबार, २६ वैशाख २०८३

अन्तर्राष्ट्रिय बजारमा फेरी बढ्यो कच्चा तेलको मूल्य, ढुवानी लागत बृद्धिले नेपालको अर्थतन्त्र प्रभावित

शुक्रबार, २५ वैशाख २०८३ · अर्थ

अन्तर्राष्ट्रिय बजारमा फेरी बढ्यो कच्चा तेलको मूल्य, ढुवानी लागत बृद्धिले नेपालको अर्थतन्त्र प्रभावित


काठमाडौं, बैशाख २४ । इरान अमेरिका तथा इजरायल द्वन्दका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अकासिएको छ। अकासिएको तेलको भाउका कारण बिश्वबजारमा ढुवानी महंगो भएको छ । यसले समग्र विश्वबजारमा महंगी बढाउने छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार फेरी कच्चा तेलको भाउ बढेको छ । शुक्रबार कच्चा तेल प्रतिब्यारेल १ सय १ डलर पुगेको छ । 
यसरी विश्वबजारमा बढेको महंगीका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव पर्ने सरकारले नै  जनाएको छ । सरकारले हालै सार्वंजनिक गरेको स्थितीपत्र अनुसार यसले नेपालको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्नेछ । 
नेपालमा आउनेनिर्यात हुने सामानको  समेत ढुवानी लागत बढेको छ।  व्यवसायीहरुका अनुसार फागुन दोस्रो सातासम्म नेपालबाट एक केजी परिमाणको वस्तु निर्यात गर्दा ३ डलर पर्ने गरेको थियो । तर अहिले प्रतिकेजी निर्यात शुल्क ६ देखि ८ डलरसम्म पर्ने गरेको छ । 
निर्यात खर्चको यो बढोत्तरीले नेपालबाट हुने वार्षिक ३ खर्बको निर्यात प्रभावित हुनसक्ने व्यवसायी बताउँछन् । किनकि अहिले नै ढुवानी खर्च बढी हुँदा निर्यातका लागि ठिक्क पारिएका वस्तु व्यवसायीका गोदाममा थन्किएका छन् । 
यसै पनि नेपाली वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिरहेका हुँदैनन् । यो अवस्थामा ढुवानी र लागत बढी हुँदा निर्यात व्यापार नै घट्ने प्रक्षेपण गरिएको छ । समुद्रसँग नजोडिएकाले हाम्रो देशमा सामान्य अवस्थामै आयातित सामानको मूल्य १५ प्रतिशतसम्म उच्च हुने गरेको थियो । अब झन् अर्थतन्त्रको चक्रमै असर पुग्ने व्यवसायीको भनाई छ । 
इरान–अमेरिका युद्धअघि २० टन सामान नेपालगन्जबाट काठमाडौँ ल्याउनका लागि ६५ हजार लाग्थ्यो भने अहिले यो खर्च १ लाख ५ हजार पुगेको छ । सम्रग ढुवानी खर्च ६० देखि ८० प्रतिशतले बढेको छ । यो खर्च धान्न नसक्ने स्थितिमा पुगेको भन्दै व्यवसायीहरूले भारतले जस्तै ढुवानीमा लागेका विभिन्न कर हटाउन पर्ने राय राख्दै आएका छन् । 

ताजा समाचार