logo-image

सोमबार, २६ असोज २०८३

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त र मधु विजयी, महामन्त्रीमा प्रदीप र उदयशमशेर

सोमबार, २६ असोज २०८३ · राजनीति

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त र मधु विजयी, महामन्त्रीमा प्रदीप र उदयशमशेर

 

काठमाडौं, असोज २६ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन् भने समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्।

त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्।

अन्तिम मतपरिणामअनुसार डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै खुला उपसभापतितर्फ सर्वाधिक मत ल्याए। मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरे। समावेशीतर्फ बिनोदकुमार चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै विजय हासिल गरे।

महामन्त्री खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ र उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गरे। महिला महामन्त्रीमा निर्वाचित डा. डिला संग्रौलाले ३ हजार ११८ मत प्राप्त गरिन्।

कांग्रेसको नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक गतिविधिप्रति नेता तथा कार्यकर्ताको चासो बढेको छ।