शुक्रबार, ०४ वैशाख २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
काठमाडौ, फागुन २३
समानुपातिकतर्फ पनि रास्वपा निकै अगाडि देखिएको छ । देशभरका विभिन्न निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ करिब ४५ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आधाभन्दा बढी मत पाएको छ ।
शनिवार बिहान साढे ८ बजेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा हेर्दा रास्वपाले कुल सदर मतको करिब ५७ प्रतिशत मत पाएको देखिन्छ । दोस्रो स्थानमा रहेको कांग्रेसले करिव १८ प्रतिशत मतमात्रै पाएको छ । एमाले र राप्रपा करिव–करिव ८/८ प्रतिशतको नजिक छन् । एमाले र राप्रपाबिच करिव ५० मतको फरक मात्रै छ ।