logo-image

सोमबार, १८ जेठ २०८३

एमाले नेता महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा

बिहिबार, ०३ वैशाख २०८३ · समसामयिक

एमाले नेता महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा

काठमाडौं, वैशाख ३ ।  नेकपा (एमाले) का नेता महेश बस्नेतलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै शोभा पाठक आमरण अनसनमा बसेकी छन्। १० बुँदे विभिन्न मागहरू अघि सार्दै उनले आफ्नो विरोध प्रदर्शन सुरु गरेकी हुन्।

पाठकले आफू बस्नेतबाट पीडित भएको दाबी गर्दै सरकारले यस विषयमा निष्पक्ष छानबिन गरी न्याय दिनुपर्ने जिकिर गरेकी छन्। उनले बस्नेतमाथि लगाएका आरोपहरूका आधारमा कानुनी कारबाही हुनुपर्ने अडान राख्दै अनसन सुरु गरेको बताएकी छन्।

यता, नेता महेश बस्नेतले भने आफूमाथि लगाइएका सबै आरोपहरूको खण्डन गर्दै आएका छन्। उनले ती आरोपहरू निराधार र आफूलाई राजनीतिक रूपमा बदनाम गराउने उद्देश्यले प्रेरित रहेको दाबी गर्दै आरोपहरूलाई अस्वीकार गरेका छन्। दुवै पक्षका फरक-फरक दाबीका कारण यो प्रकरणले अहिले राजनीतिक र कानुनी वृत्तमा चर्चा पाएको छ।