logo-image

शुक्रबार, ०४ वैशाख २०८३

मतपरिणाममा रास्वपाको क्लीन स्वीपको लहर, कहाँ कहाँ भयो क्लीन स्वीप ?

आइतबार, २४ फागुन २०८२ · राजनीति

मतपरिणाममा रास्वपाको क्लीन स्वीपको लहर, कहाँ कहाँ भयो क्लीन स्वीप ?

काठमाडौं,फागुन  २४ । राष्ट्रिय स्वतन्त्र पार्टिले अहिलेसम्म १ सय स्थानमा बिजयी भएको छ भने  २५ स्थानमा अग्रता हासिल गरेको छ। रास्वपाले यो चुनावमा जित मात्रै हैन क्लीन स्वीपको लहर नै चलाएको छ। काठमाडौं, भक्तपुर, गुल्मी र बाँकेमा क्लीन स्वीप गरिसकेको छ। 
ललितपुर क्षेत्र नम्बर २ को अहिलेसम्मको मतपरिणाम हेर्दा उपत्यका नै क्लीन स्वीप हुने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टि कर्णाली प्रदेश र सुदुरपश्चीम तथा कोशीको पहाडी क्षेत्र बाहेक अन्य स्थानमा बलियो देखिएको छ । 
कोशी प्रदेशमा रहेका १४ जिल्लामध्ये झापा मोरङ र सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टि बलियो देखिएको छ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले जित हासिल गरिसकेका छन् भने अन्य क्षेत्रमा पनि रास्वपाले क्लीन स्वीप गरिसकेको छ ।  अर्थात झापाका छ वटा निर्वाचन क्षेत्रमै रास्वपाले क्लीन स्वीप गरेको हो । 
मोरङका ६ वटा निर्वाचन क्षेत्रमा नै क्लीन स्वी गरिसकेको छ । 
त्यस्तै उदयपुरका एक क्षेत्रमा जित हासिल गरेको छ भने अर्काेमा पनि जित हासिल गर्ने दिशामा अघि बढेको छ। 
मधेश प्रदेशमा रौतहट १ र धनुषा १ बाहेक सबै जिल्लामा रास्वपाले अग्रता बढाएको छ।  मधेश प्रदेशका ८ वटा जिल्लाका २२ वटा क्षेत्रमा रास्वपाले जित हासिल गरिसकेको छ भने ८ स्थानमा अ्रस्थानमा छ। 
चितवनका तिनवटै क्षेत्रमा ठूलो मतान्तरका साथ रास्वपाले क्लीन स्वीप गरेको छ। त्यसैगरि गण्डकी प्रदेशका ११ वटा जिल्लामध्ये कास्की र  बाग्लुङका  सबै क्षेत्रमा क्लीन स्वीप गरेको छ । गण्डकी प्रदेशमा १२ स्थानमा बिजयी हासील गरेको छ भने ३ स्थानमा अग्रता हासिल गरेको छ। गण्डकी प्रदेशका दुई निर्वाचन क्षेत्रमात्रै अर्थात मनाङ र मुस्ताङ बाहेक सबै स्थानमा रास्वपाको क्लीन स्वीप देखिन्छ।  
लुम्बीनी प्रदेशमा गुल्मी र बाँकेका सबै क्षेत्र क्लीन स्वीप  गरेको छ भने अर्घाखाचीमा पनि जित हासिल गरिसकेको छ । दाङ, रुपन्देहिमा क्लीन स्वीप गरिसकेको छ भने बर्दियामा दुबै स्थानमा अग्रता बढाएको छ । नवलपरासी पश्चीमका सबै क्षेत्रमा रास्वपाले क्लीन स्वीप गरेको छ।  
कर्णाली प्रदेशमा भने सुर्खेतको दुई नम्बर क्षेत्रमा मात्रै रास्वपाले जित हासिल गरेको छ।
सुदुरपश्चीममा रहेका ९ वटा जिल्लामा कैलालीका ४ स्थानमा  जित हासिल गरेको छ भने एउटा क्षेत्रमा अग्रता हासिल गरेको छ । यसरी हेर्दा कैलाली पनि रास्वपाले नै क्लीन स्वीप गर्ने देखिएको छ । कञ्चनपुरमा पनि क्लीन स्वीप हानेको छ भने नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि रास्वपाले नै जित हात पारेको छ।