logo-image

शुक्रबार, ०४ वैशाख २०८३

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार गौतम अत्याधिक मतसहित विजयी

शनिबार, २३ फागुन २०८२ · राजनीति

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार गौतम अत्याधिक मतसहित विजयी

काठमाडौं, फागुन २३
चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ ।
सो क्षेत्रमा गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । यो अहिलेसम्मकै सर्वाधिक मतको जित हो । उनकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार छ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार छ सय सय ६२ रहेको छ ।