logo-image

शुक्रबार, ०४ वैशाख २०८३

काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाका खनाल विजयी

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाका खनाल विजयी

काठमाडौं, फागुन २२
काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । बिजयको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । 
अन्तिम मतपरिणाम अनुसार कुल ४३ हजार आठ सय ६३ मत गणना हुँदा खनालले २७ हजार सात सय १९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले छ हजार छ सय ४७ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले चार हजार तीन सय ७३ मत पाएका छन् ।