logo-image

सोमबार, १८ जेठ २०८३

इँट्टाभट्टाको पर्खाल भत्किएर ललितपुरमा एकको मृत्यु, घाइते चारमध्ये एकको अवस्था गम्भीर

आइतबार, ०८ चैत २०८२ · समसामयिक

इँट्टाभट्टाको पर्खाल भत्किएर ललितपुरमा एकको मृत्यु, घाइते चारमध्ये एकको अवस्था गम्भीर

ललितपुर, चैत्र ८ ।  ललितपुरको हरिसिद्धिस्थित एक इँट्टाभट्टामा आइतबार बिहान पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

 ललितपुर महानगरपालिका–२८ मा रहेको होसना इँट्टाभट्टामा काम गर्ने क्रममा अचानक पर्खाल भत्किँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको ज्यान गएको हो। पर्खालले थिचिएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही घटनामा घाइते भएका अन्य चार महिला कामदारहरूमध्ये रुकुमकी २७ वर्षीया जानकी चन्दको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको छ। अन्य घाइतेहरूमा सल्यानकी शान्ति कुँवर, रोल्पाकी नन्दकुमारी मगर र दाङकी सुमा कुमाल रहेका छन्।

अहिले प्रहरी वृत्त सातदोबाटोको टोलीले घटनास्थलमा पुगेर उद्धार तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

ताजा समाचार