logo-image

बिहिबार, ०३ मंसिर २०८३

काठमाडौँका विभिन्न क्षेत्रमा १२ दिनसम्म दैनिक ६ घण्टा विद्युत् कटौती हुने

बिहिबार, ०३ मंसिर २०८३ · समसामयिक

काठमाडौँका विभिन्न क्षेत्रमा १२ दिनसम्म दैनिक ६ घण्टा विद्युत् कटौती हुने

 

काठमाडौं, मंसिर ३ ।  काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् लाइन भूमिगत गर्ने कार्यका लागि मंसिर ३ देखि १४ गतेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा दैनिक बिहान १०:३० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुनेछ। निर्धारित तालिकाअनुसार बलम्बु, थानकोट, नैकाप, बत्तीसपुतली, कालिमाटी, बाफल, कोटेश्वर, इमाडोल, सतुङ्गल, ढुंगेअड्डा र कालोपुललगायत क्षेत्र प्रभावित हुनेछन्।

मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ। साथै, प्रभावित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न आग्रह गरिएको छ।