सोमबार, १८ जेठ २०८३
शुक्रबार, १३ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत १३ । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा/हिमपातको भईरहेको छ।
आज दिउँसो देशको हिमाली भू-भागमा अधिकांश बादल तथा पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा , बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।
राती देशको हिमाली भू-भागमा अधिकांश बादल तथा कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेकोले सावधानी अपनाउनु हुन जल तथा माैसम विज्ञान विभागले अनुरोध गरेकाे छ ।