logo-image

आइतबार, २० वैशाख २०८३

२०० एमपी ट्राभल पोट्र्रेट: भिभो भी ७० एफ ई नेपाली बजारमा सार्वजनिक हुँदै

आइतबार, २० वैशाख २०८३ · समसामयिक

२०० एमपी ट्राभल पोट्र्रेट: भिभो भी ७० एफ ई नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं, वैशाख २० । भिभोले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन भिभो भी७० एफ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । २०० एमपी एआई ‘ट्राभल पोट्र्रेट’ स्मार्टफोनको रूपमा चर्चा भइरहेको यो डिभाइसले स्टाइलिश डिजाइन, शक्तिशाली इमेजिङ क्षमता र सहज दैनिक प्रदर्शनलाई एकसाथ ल्याउने अपेक्षा गरिएको छ ।

सामाजिक रूपमा सक्रिय र डिजिटल जीवनशैलीमा अभ्यस्त प्रयोगकर्तालाई ध्यानमा राखेर तयार गरिएको यो डिभाइसले विशेषगरी ट्राभल पोट्र्रेट र ग्रुप फोटोग्राफीलाई अझ सहज र प्रभावशाली बनाउने लक्ष्य राखेको छ । चाहे साथी भाईहरु संगको घुमफिर होस्, शहरका नयाँ ठाउँहरूको अन्वेषण होस् वा दैनिक रमाइला क्षणहरू — भिभो भी७० एफ ईले हरेक दृश्यलाई आत्मविश्वासका साथ कैद गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यस स्मार्टफोनको मुख्य आकर्षणका रूपमा २०० एमपी ओआईएस अल्ट्रा–क्लियर क्यामेरा रहने चर्चा छ, जसले यात्राका दृश्य, पोट्र्रेट तथा ग्रुप फोटोहरूमा उत्कृष्ट डिटेल र स्पष्टता दिने विश्वास गरिएको छ । शहरका आकर्षक पृष्ठभूमिदेखि क्लोज अप पोट्र्रेटसम्म, उज्यालो दिनका दृश्यदेखि सामाजिक जमघटसम्म, हरेक फ्रेमलाई जीवन्त बनाउने दिशामा यसको क्यामेरा केन्द्रित हुने संकेत देखिएको छ ।

इमेजिङ अनुभवलाई अझ स्मार्ट बनाउने उद्देश्यले भिभोले नयाँ एआई इमेजिङ फिचरहरू पनि समावेश गर्ने स्रोतले जनाएको छ । दृश्य, वातावरण र प्रकाशअनुसार एआईले स्वतः फोटोहरूलाई प्राकृतिक रूपमा परिमार्जन गर्नेछ, जसले सामान्य क्षणलाई पनि आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

डिजाइन पक्षमा पनि भिभो भी७० एफ ईले विशेष पहिचान बनाउने संकेत देखिएको छ । ट्रेन्डी र प्रिमियम डिजाइन अवधारणामा तयार गरिएको यस डिभाइसमा नयाँ सिग्नेचर कलरहरू र आकर्षक डाइनामिक रिङ डिजाइन देख्न सकिने अपेक्षा गरिएको छ । हल्का बनावट र आधुनिक लुकले भी७० एफ ईलाई व्यक्तिगत स्टाइलसँग सहजै मेल खाने स्मार्टफोनका रूपमा प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

प्रदर्शनका हिसाबले पनि भी७० एफ ईले दिनभर सहज अनुभव दिने विश्वास गरिएको छ । ७००० एमएएचको ब्लु भोल्ट ब्याट्री र ९० वाटको फ्ल्याश चार्ज जस्ता सुविधाहरू समावेश हुन सक्ने चर्चा छ, जसले लामो समयसम्म प्रयोग तथा छिटो चार्जिङ अनुभव दिन मद्दत गर्न सक्छ ।

भिभोले भी७० एफ ई सम्बन्धी थप जानकारी आधिकारिक लन्च नजिकिँदै जाँदा क्रमशः खुलाउँदै जाने जनाएको छ । ट्राभल पोट्र्रेट, स्मार्ट इमेजिङ र स्टाइलिश डिजाइनमा केन्द्रित यो स्मार्टफोनले आफ्ना हरेक क्षणलाई अझ स्पष्ट र आत्मविश्वासका साथ कैद गर्न चाहने प्रयोगकर्तामाझ नयाँ उत्साह ल्याउने संकेत देखिएको छ ।

ताजा समाचार