logo-image

बुधबार, ३१ असार २०८३

हर्मुज जलडमरूमध्यमा अमेरिकी सेनाद्वारा इरानी जहाज नियन्त्रणमा

बिहिबार, ०३ वैशाख २०८३ · अन्तर्राष्ट्रिय

हर्मुज जलडमरूमध्यमा अमेरिकी सेनाद्वारा इरानी जहाज नियन्त्रणमा

काठमाडौं, वैशाख ३ ।  अमेरिकी नौसेनाको गाइडेड–मिसाइल डिस्ट्रोयरले हर्मुज जलडमरूमध्यमा इरानी झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर फिर्ता पठाएको अमेरिकी सेन्ट्रल कमाण्डले बुधवार जनाएको छ । सोमवारदेखि अमेरिकी नाकाबन्दी सुरु भएयता अहिलेसम्म १० वटा जहाजहरूलाई फिर्ता पठाइएको र कुनैपनि जहाजले जलडमरूमध्य पार गर्न नसकेको कमाण्डले जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख ब्राड कूपरले मंगलवार राति एक्समा अमेरिकी सेनाले समुद्रमार्फत इरानमा हुने र इरानबाट हुने आर्थिक व्यापार पूर्ण रूपमा बन्द गरेको बताएका छन् ।

 

अमेरिकी नाकाबन्दीको पहिलो ४८ घण्टामा इरानी बन्दरगाहहरूमा शुन्य जहाज आवतजावत भएको अमेरिकाको दाबी 

अमेरिकी सेनाले बुधवार दाबी गरेको छ कि अमेरिकी नाकाबन्दीको पहिलो ४८ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहहरूमा प्रवेश गर्न वा बाहिर निस्कन सफल भएका छैनन् । अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र बाहिरिने जहाजहरूमाथिको अमेरिकी नाकाबन्दीको पहिलो ४८ घण्टामा कुनैपनि जहाज अमेरिकी सेनालाई छलेर अघि बढ्न नसकेको बताएको हो । ९ वटा जहाजहरूले अमेरिकी सेनाको निर्देशन पालना गर्दै फर्केर इरानी बन्दरगाह वा तटीय क्षेत्रतर्फ गएका कमाण्डले जनाएको छ । कमाण्डका अनुसार नाकाबन्दी जारी रहँदा अमेरिकी नौसेनाका जहाजहरू ओमानको खाडीमा गस्ती गरिरहेका छन् । साताको अन्त्यमा इस्लामाबादमा वाशिंगटन र तेहरानबीचको वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि हर्मुज जलडमरूमा नाकाबन्दीको घोषणा गरेका थिए ।