मङ्गलबार, ०८ वैशाख २०८३
मङ्गलबार, ०८ वैशाख २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, वैशाख ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा नाकाबन्दी छल्न खोज्ने इरानी झण्डा भएको कार्गो जहाज नियन्त्रणमा लिएको घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा अमेरिकी सेनाले एउटा इरानी कार्गो जहाजलाई नियन्त्रणमा लिएको बताएका हुन् । टुस्का नामको झन्डै ९ सय फिट लामो यो जहाजले नाकाबन्दी तोड्ने प्रयास गरेको थियो ।
अमेरिकी युद्धपोतले चेतावनी दिँदा नमानेपछि इन्जिन कोठामा प्वाल पारेर जहाज रोकिएको र अहिले अमेरिकी मरीनहरूको नियन्त्रणमा रहेको ट्रम्पले जानकारी दिए । इरानले यसको बदलामा अमेरिकी जहाजहरूमाथि आक्रमण गरेको समाचारहरू आएका छन् ।