logo-image

सोमबार, २९ असार २०८३

अमेरिकी सेनाद्वारा इरानमाथि थप हवाई आक्रमण

सोमबार, २९ असार २०८३ · अन्तर्राष्ट्रिय

अमेरिकी सेनाद्वारा इरानमाथि थप हवाई आक्रमण

काठमाडौं, असार २९ ।  अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्ट्रोम) ले आईतवार इरानका लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण शुरु गरेको छ । हर्मोज जलडमरू भएर यात्रा गर्ने व्यावसायिक जहाज र गैरसैनिक नाविकहरूमाथि इरानको आक्रमण गर्ने क्षमतालाई कमजोर बनाउने उद्देश्यले यो सैन्य कारबाही गरिएको अमेरिकी सेनाले जनाएको छ ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै सेन्ट्रल कमान्डले आईतवार स्थानीय समयअनुसार साँझ ५ बजेदेखि थप आक्रमणहरू शुरु गरिएको पुष्टि गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक जहाज र नाविकहरूमाथि इरानले गर्दै आएको आक्रमणलाई निस्तेज पार्न र अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजहरूको निर्वाध आवागमन सुनिश्चित गर्न यो कदम चालिएको हो ।’
सेनाकाअनुसार इरानको सैन्य क्षमतालाई क्रमिक रूपमा कमजोर बनाउन यी लक्षित प्रहारहरूलाई निरन्तरता दिइएको हो ।