बिहिबार, ०७ जेठ २०८३
बिहिबार, ०७ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ ७ । स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तपस्या एचआर प्रालिका संचालक काठमाडौं महानगरपालिका–२६ बस्ने इलाम घर भएका ४८ वर्षीय मुकेश भण्डारी र बुढानिलकण्ठ नगरपालिका–३ बस्ने सिराहा घर भएका ४८ वर्षीय अजित श्रेष्ठ रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अजितको साथबाट विभिन्न व्यक्तिहरूको राहदानी ३७ थान फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त राहदानीहरू मुकेशले रोमानिया देशको भिषा प्रोसेसिङका लागि भारत पठाएको खुल्न आएपछि मुकेशलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मुकेशले राहदानी विदेश लैजान वैदेशिक रोजगार विभागबाट अनुमति लिनु पर्नेमा विभागबाट अनुमति समेत नलिएको खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।