logo-image

शुक्रबार, ०१ साउन २०८३

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको टायरमा आगलागी, डेढ घण्टापछि उडान सुचारु

सोमबार, २८ वैशाख २०८३ · समसामयिक

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको टायरमा आगलागी, डेढ घण्टापछि उडान सुचारु

काठमाडौं, वैशाख २८ । इस्तानबुलबाट २७३ यात्री र ११ चालक दलका सदस्य लिएर काठमाडौँ आएको टर्किस एयरलाइन्सको (TK726) जहाज आज बिहान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा छुने बित्तिकै जहाजको एउटा पाङ्ग्रामा आगो लागेपछि आपतकालीन अवस्था सिर्जना भएको थियो। दमकलको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिइएकाले कुनै मानवीय क्षति हुन पाएन र सबैलाई सुरक्षित उद्धार गरियो।

यस घटनाका कारण करिब ९० मिनेट बन्द भएको विमानस्थल अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ भने प्राविधिक टोलीले घटनाको कारणबारे अनुसन्धान थालेको छ।